सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
हामी साना बालबालिका
ठूला सपना लिएका छौं
घरभित्रै बसी
नयाँ कुरा खोजिरहेका छौं
इन्टरनेटको पहुँचले
ज्ञानका कुरा बटुलिरहेका छौं
गुगल र युट्युबमार्फत अझ धेरै कुरा जान्न खोजिरहेका छौं
आऊ साथी,
सँगै मिलेर अघि बढौं
कोरोना महामारीबाट जोगिदै
भर्चुअल संसारबाटै नयाँ कुरा सिकौं
अनि विद्यालयबाट गरिने अनलाइन कक्षामा पनि सहभागी बनौं
हामीले समयसँगै हिँड्नु छ
चुनौतीसँग जुध्नु छ र आफ्नो लक्ष्यमा पुग्नुछ।
(अमोल खतिवडा काठमाडौं लिङ्कन स्कुलमा कक्षा ३मा अध्ययनरत छन्।)