सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
बन्द गर्यो कोरोनाले विद्यालय मेरो
कस्तो भयो होला आज यसको सेरोफेरो?
रमाउँदै बिहान जान्थेँ फर्कन्थे म साँझ
कोरोनाले थुनिराख्यो घरभित्रै आज।
कोरोनाले छोडेपछि स्कुल जान पाउँला
साथीसँग खेल्न पाउँदा कति रमाउँला?
कम्प्युटरको माध्यमबाट गुरूहरू आउँदा
खुसी नै छु घरमै बसी पढ्न लेख्न पाउँदा।
(संयोग सेढाई काठमाडौँको स्वयम्भुस्थित दि एक्सेल्सियर स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)