सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
कयौं परिवार मिलेर एउटा सुन्दर समाज निर्माण भयो
त्यही समाजलाई आज नर्क बनाउन मानिस आफैँ तम्सियो
भएनन् आज हाम्रै देशका नारी सुरक्षित
कस्तो घटना घट्छ यहाँ बनाउँछ सबैलाई चकित?
एउटाले अर्कोको ज्यान लिन्छ पूरा गर्न आफ्नो स्वार्थ
गुमाउनु परेको छ निर्दोशले आफ्नो ज्यानै व्यर्थमा
कहाँ छ यहाँको प्रशासन? कहाँ गयो न्याय?
जस्तोसुकै अपराध गर्दा नि नपाउने सजाय!
दोषीलाई गर्ने सबैले सम्मान, राख्ने ठूलो पदमा
रहेन आज कोही मानिस आफ्नो सीमा-हदमा
आफ्नो भन्दा पनि मानिसले गर्छ अरूको बढी चासो
अरूको सफलतामा डाहा गरी जल्छ धेरैजसो
सन्तुष्ट नहुने रहेछ मानिस सबै कुरा पुगेर पनि
अरूलाई तल पार्नै पर्ने जे गरेर भएपनि
आफ्नो जन्मभूमि प्रति मानिसले केही गर्न सकेन
आफ्नो बाहेक अरूको भलो उसले कहिल्यै चिताएन
यस्तो लाग्छ कहिले धनीको मात्रै हो यो देश
मान्नु नै पर्ने सबैले पैसावालकै आदेश
प्रधानमन्त्री यस्ता कि आफ्नो पदको मात्रै चिन्ता
कयौँ जनता मर्दा नि गर्दैनन् केही वास्ता
पुग्दो रहेछ यहाँ सबैलाई भए मात्र पैसा
गरिबलाई थुक्दै हिँड्ने, धनीको चाहिँ प्रशंसा
गर्न चाँहदैन यहाँ कसैले सत्यताको खुलासा
भएन मानिस आज समाजको विश्वासिलो हिस्सा
बेचिरहेका छन् युवाहरूले रगत-पसिना विदेशमा
भन्दैनन् उनीहरूलाई कसैले फर्की आउँ स्वदेशमा
खर्च गरेर टन्न हाँक्नु पर्छ गाडी, ठड्याउनु पर्छ घर
अनि भइन्छ यहाँ सबैको प्यारो भइन्न धेरै पर
कसैको केही नलाग्ने रहेछ यो देश अनि समाजमा
मानिस आफैं बाँधिदै छ आफैलाई तल पार्ने रिवाजमा
भुले सबैले मानवता, पशु भएरै गए
आफ्नै समाज बदनाम गरेर के पो त पाए?
भएन कहिल्यै शान्ति, छाएन कतै पनि खुसी
आफ्नै कर्मले होला आज मानिस आफैं बनेको छ दोषी
कसले सुनिदिने यहाँ बेसहाराको आवाज?
कहिले होला बद्लिने यो दुष्ट पापी समाज?
(प्रियाम्सु पुडासैनी स्वर्णिम स्कुल, डल्लु आवासमा कक्षा ९ मा अध्ययनरत छन्।)