सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सरकार,
सुन्दै छु तिमीले धेरै धन कमायौं रे
तर मैले कोरोनाबाट मानिसको ज्यान बचाउन सकिनँ
तिम्रा लागि महंगा अस्पतालमा ठूलो बेड तयार पारेका छन्
तर मैले साधारण अस्पतालको भुँईसमेत नपाएर ती बुढा बालाई बचाउन सकिनँ
सुन्दै छु तिमीले त कुर्सी बचायौ
तर मैले आफन्त बचाउन सकिनँ
सुन्दै छु रेमडेसिभिरमा आफन्तको घुइँचो छ
बिडम्बना मैले त्यहाँ नजानु भनेर भन्न सक्दिनँ
साथीहरू सबै मिलि मीठो लड्डु खादैँ छौ रे
बिडम्बना मैले ती अनाथ बालबालिकाको पेट भर्न सकिनँ
तिम्रा घर अगाडि ठूला र चिल्ला गाडिको लस्कर छन्
तर मैले बिरामी बोक्ने एम्बुलेन्स पाइनँ
सुन्दैछु चिसोमा हिटर अनि तातोमा एसी चलायौं
तर मैले मानिसलाई सास फेराउन एक मुठ्ठी अक्सिजन पाइनँ
सुन्दैछु ७० करोड एमसीसीमा बजेट पार्यौं रे
बिडम्बना मैले ४ सय पर्ने एउटा अक्सिजनको सिलिन्डर किन्न सकिनँ
आफूलाई चटक्क मिलेको सट अनि पाइन्ट सिलायौ रे
बिडम्बना मैले ती गरिब र अनाथको शरीर ढाक्न पाइनँ
देशका सबै दाजुभाइ भए बेरोजगार
तर तिमी किन बस्छौ गफ मात्र हाकेर?
केही गर देशको लागि अनि मर्छु भन देशकै लागि
तब मात्र भोलिका दिन गन्छन् तिमीलाई राम्रो मान्छे भनि।
(बिजय लामिछाने तरुण माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।)