सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
२०७६ साल, भदौ तिरको समय हो। म कक्षा १० मा पढ्दै थिए। एसइईको परीक्षा नजिक आउँदै थियो। अरूबेला खेले, रमाए पनि त्यतिबेला अलि पढ्नु पर्छ भन्ने भावना मनमा जागेको थियो। त्यसको लागि जनता मा.वि. रागेचौर सल्यानले सञ्चालन गरेको होस्टेलमा सहभागी भए।
होस्टेलको नियमअनुसार बिहान, बेलुका अतिरिक्त कक्षा सञ्चालन हुन्थ्यो। जे होस् एसइई परीक्षाले हामी सबैलाई पढ्ने बानी बसालेको थियो।
सर, म्यामहरू पनि राम्रै पढाउनु हुन्थ्यो। जीवन, भोगाइका कथा-व्यथाका पाठहरू सिकाउनु हुन्थ्यो।
एक दिन अकस्मात घरबाट आमाको फोन आयो। सरले खबर गर्नु भयो र मैले आमासँग कुरा गरे। यसै बीच आमाले भन्नुभयो, 'बाबु भोलि हाम्रो कुल पुजा छ। भोलि जसरी घर आइज। मैले सरलाई भनेकी छु।'
यति भन्नासाथ मन एकदमै खुसी भयो किनकि कुल पुजा भनेपछि हाम्रो लागि विषेश महत्त्व हुन्थ्यो। मैले पनि आमालाई 'हुन्छ' भने। बुवा खाडीमा हुनुहुन्थ्यो। सायद घरको जेठो छोरा भएर होला म माथि सानै भएपनि घरको जिम्मेवारी बढ्दै गरेको महसुस हुन्थ्यो।
भोलिपल्ट बिहानै ट्युसन कक्षा सकेर घर हिँड्न सरबाट अनुमति मागेँ। सरले साझ होस्टेल फर्कनु भन्नु भयो। 'हुन्छ सर' भनेर म घरतिर लागे।
विद्यालयबाट करिब २ घण्टाको पैदल यात्रा पछि घर पुगे। परम्परा र सामाजिक चलनअनुसार रमाइलोसँग कुल पुजा गर्यौ। पुजा सकिएपछि होस्टेल फर्कनु थियो। रात परिसकेको थियो। बेलुकाको करिब ७ बजिरहेको थियो। यसैबीच आमाले रात परिसकेकाले होस्टेल नजान भन्नु भयो। तर त्यसलाई बेवास्ता गर्दै मोबाइल र टर्च बोकेर होस्टल तिर लागे।
होस्टेल पुग्न करिब २ घण्टा जति लाग्थ्यो। होस्टेल जाने बाटोमा जङ्गलको पनि यात्रा गर्नुपर्थ्यो। हिँड्दै करिब आधा बाटोसम्म पुगेको थिए।
यसैबीच निकै ठूलो स्वरमा हल्लाखल्लाको आवाज सुने। त्यो आवाज त्यही म हिँड्ने बाटोमा आउँदै गरेका दुई जना मान्छेको रहेछ। उनीहरू मोटरसाइकलमा आइरहेको थिए। रात अध्याँरो भइसकेको थियो। यसरी ठूलो स्वरमा हल्लाखल्ला गरेको सुन्दा मनमा डर पैदा भएको थियोे।
नभन्दै तिनिहरू म तिरै हेरिरहेका थिए र केही कुरा गरिरहेका थिए। म हिँड्दा हिँड्दै रोकिए। यसैबेला ती अपरिचित व्यक्तिले १० मिटर जति टाढा बाइक रोके र म तिर इसारा गर्दै त्यसलाई समात्न भन्न थाले। मन निकै डराइरहेको थियो। उनिहरु म तिर आउँदै थिए। म जङ्गलको झाडिमा लुके। उनिहरु टर्च बालेर जङ्गलभरि मलाई खोजिरहेका थिए।
त्यतिबेलासम्म मुटुको धड्कन बढ्दै थियो। तर मनलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको थिए। मलाई शंका लागिरहेको थियो कि त्यसै समय हामीले बाल बिवाह विरुद्ध अभियान चलाएका थियौं र दर्जनौं बाल बिवाह रोकेका थियौँ।
बाल बिवाह रोक्न संविधान र कानुन समेत असफल भैरहेको समयमा हामीले बाल विवाह रोक्नु सामान्य विषय थिएन। अनेकौं चुनौती झेल्दै बाल बिवाह विरुद्ध लागिरहेका थियौँ। त्यसै पनि म बाल क्लबको अध्यक्ष भएर यो अभियानको अग्र मोर्चामा थिए।
मनमा यी घटना सम्झिरहेको थिए। नभन्दै उनिहरू म लुकेको झाडितिर आए र म माथि आक्रमण गर्न थाले। तल निकै भिर थियो। रातको समय थियो। म निकै समस्यामा परे। ज्यानको प्रवाह नगरेर भिरबाट लड्दै हाम फाले। उनिहरू पनि मेरो पिच्छा गर्न थाले। माथिबाट ढुंगामुढा गरे।
तल पानी घट्ट रहेछ। त्यतिबेला सम्म मेरो होस कता गैसकेको थियो। त्यतिकैमा म निरन्तर खोला किनार भागिरहेँ। खोलाकिनारको निकै पर एउटा घरमा सोलार बलिरहेको थियो। त्यो घरका मान्छेले बचाउँछन् कि भनेर त्यतै डौडिए। टर्च भिरमा हराइसकेको थियो। गोजिको मोबाइल खसेको रहेनछ। शरीरमा कता चोट लाग्यो? के भयो? कता बजारिए? शरीरले केही महसुस गरेन।
आत्तिदै मोबाइल झिकेर प्रहरीलाई फोन लगाए। फोन लागेन। सोलार बलेको घरसम्म धौधौ गरेर पुगे।पछाडि हेरेको कोही देखिन। तर उनिहरू मलाई पानी घट्टभित्र लुकेको आशंकामा घट्ट फोर्दै रहेछन्।
म हतारहतार घर भित्र छिरे। घरका सदस्यहरू सुत्न भनेर तमतयार भएका रहेछन्। म एक्कासी हस्याङफस्याङ गर्दै भित्र पस्दा उनिहरु निकै डराए।
उनिहरू झसंग भएर सोधेँ, 'तिमी को हौ?'
म सँग कुनै जवाफ थिएन।
मेरो मुखबाट बचाउँ बचाउँ भन्ने आवाज मात्र आइरहेको थियो। यतिकैमा घरकी एकजना आमाले यो त बहुला जस्तो छ भन्नु भयो। अरु सदस्यले पनि त्यसमा शंका जनाए र सोधेँ, 'तिमी बहुला हौ?'
म के भनु म सँग कुनै जवाफ नै आइरहेको थिएन। घरका एक जान दाइले पानी दिनुभयो। पानी खाए र उनिहरूलाई घरदेखि बाहिर ल्याएर पारि देखाउँदै भने, 'उ तिनिहरूले मलाई मार्न लागेका छन्। बचाउँनुहोस्।'
उनिहरु ठूला टर्च बालेर मलाई खोजिरहेका थिए। त्यसपछि मलाई दाइले भित्र लिनुभयो र प्रहरीलाई खबर गर्नुभयो।
बिस्तारै शरीरले पहाडसँग बजारिएको दुखाइ महसुस गरिरहेको थियो। मलाई थाहा थिएन उनिहरु म माथि किन आक्रमण गर्न आएका थिए। एकछिन पछि प्रहरी पनि आयो र उनिहरूलाई समातेर प्रहरी चौकितिर लग्यो। र मलाई शरीरको घाउ चोटको चेकअपका लागि राति नै डाक्टरको व्यवस्था गरे।
(युबराज खड्का जनप्रेमी, भक्तपुरमा अध्ययनरत छन्।)