सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मानिसको दुई हुन्छ पशुको चार
यसले बोक्ने गर्छ पूरा शरीरको भार
कसैले पाँउ भन्छन् कसैले खुट्टा
यी दुई हुँदैनन् एक आपसबाट छुट्टा छुट्टा
सहयोग गर्छ हामीलाई हिँड्न अनि दौडिन
यो अंग बिना हुन्छ हाम्रो शरीर अपूण
काटे दुख्छ, दुखे रुन्छ भन्दैन मलाई यो भयो
लान्छ हामीलाई जता पनि चाहदैन हाम्रो कुभलो
माया लाग्छ हामीलाई यसको अनि सब अंग
भए पनि हाम्रो जुन सुकै रंग।
(बिजय लामिछाने तरुण मा.वि. को कक्षा ९ मा अध्ययन छन्। गोरखा घर भएका उनी हाल काठमाडौँँमा बस्छन्।)