सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एकदिन रोनाल्डोको छोराले कोकाकोला खान खोजिरहेको थियो। तर रोनाल्डोलाई देख्नेबित्तिकै छोराले कोक लुकाउन खोज्यो। किनभने रोनाल्डोले कोकाकोला, पेप्सी जस्ता कुरा खान दिएका थिएनन्। कोक खान मन भए पनि रोनाल्डो त्यहाँ भएपछि जहिल्यै उनीहरू घुरेर हेर्थे।
केही समय अगाडि यूरोकप २०२० ले बोलाएको पत्रकार सम्मेलनमा रोनाल्डोले उनको अगाडि टेबलमा राखिएको कोकाकोलाको बोतललाई छेउतर्फ सारे। अनि पानीको बोतल देखाए। रोनाल्डोले कोकाकोला छोडेर पानी खानुपर्छ भन्ने सन्देश दिन खोजेका थिए।
कोकाकोलाले युरोकपलाई विज्ञापन र बोतल बेचेर पैसा दिन्छ। त्यसैले रोनाल्डोजस्तो साहस अरू कुनै खेलाडीले गर्न सकेका थिएनन। रोनाल्डोले गरेको त्यो सानो व्यवहारले कोकाकोला कम्पनीको आम्दानी धेरै बढी घट्यो। किनभने रोनाल्डो निकै चर्चित खेलाडी हुन्। उनको कुरा उनका फ्यानहरूले मान्ने भएकाले कोकाकोला कम बिक्न थाल्यो।
संसारभरी सबैले मन पराउने कोकाकोलालाई रोनाल्डोले बेइज्जत गरेका थिए। उनले एउटा भिडियोमा कोकाकोलामा कार्बोनेट हुने बताए। यसले हाम्रो स्वास्थ्य बिगार्छ। बच्चाहरूले कोकाकोला जस्तै सोडा खाएमा उनीहरूको स्वभाव नै परिवर्तन हुन्छ। धेरै कोक सोडा खानेहरू परिवार र साथीहरूसँग झगडा गर्छन्। पछि रक्सी र सिगरेट पनि खान सिक्छन्।
त्यसैले कोक, पेप्सी जस्ता कुरा बच्चाहरूलाई दिनु हुँदैन। बच्चाहरूलाई ताजा जुस दिनुपर्छ। उनीहरूले जिद्दी गरे भने हामीले कोक लुकाएर फकाउनु पर्छ।
मलाई पनि कोक, स्प्राइट धेरै मन पथ्र्यो। तर मैले रोनाल्डोको त्यो भिडियो देखेपछि खान छोडिदिएँ। तपाईहरू पनि छोडनुहुनेछ र बच्चाहरूलाई यसबाट टाढा राख्नुहुनेछ भन्ने आशा गर्छु।
(आगमन भट्ट पाठशाला नेपाल फाउण्डेसन, बानेश्वरमा कक्षा ३ (बी) मा अध्ययनरत छन्।)