सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आज मेरो खेलौना हरायो। खेल्न नपाएर म दुःखी भए। मैले मेरो खेलौना जताततै खोजे। तर कहि भेटिन। अनि मैले आमालाई सोधे, 'आमा मेरो खेलौना खोई?'
आमाले भन्नुभयो, 'तिम्रो खेलौना दराजमा राखेको छु।'
दराज खोल्न गएँ। दराज खोलेर हेर्दा मेरो खेलौना भेटियो। म खुसी भए। आमालाइ धन्यवाद भनेर खेलौनासँग धेरैबेर खेलेँ।
खेल्दै गर्दा पानी पर्न थाल्यो। पानी परेको मलाई रमाइलो लाग्छ। झ्यालमा गएर बाहिरको पानी हेर्न थाले। त्यसैबेला आमा आएर खेलौना थन्काइदिनु भएछ। मैले फेरी आफ्नो खेलौना भेटिन। खेलौना राखेको ठाउँ याद आयो तर त्यहाँ पनि थिएन।
आमालाई भने, 'आमा मेरो खेलौना फेरी हरायो।'
आमाले हाँस्दै खेलौना दिँदै भन्नभयो, 'अब खेलिसकेपछि खेलौना थन्काउने गर है?'
'हस' भनेर खेलौना हातमा समाए।
(आयान्श पौड्याल शाङ्करी स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।)