सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
चौतारीको वरपिपल झै शितलता दिने
माया मात्र बाडी सबलाई दोष आफू लिने
फूलबारीमा सबै फूल फूलुन भन्ने चाह
भोलि कहाँ जान्छन् शिष्य छैन उनलाई थाहा
आफू गल्दै मट्टीजस्तै मूर्ति बनाउँछन्
ढुंगो पनि पगालेर देवता बनाउँछन्
गुरूको ज्ञान पाए पछि मान्छे मानव बन्छ
उनकै अघि त्यही शिष्यलाई संसारले गन्छ
बाबुआमा जस्तै बनी शिक्षा दिने गुरू
उनैबाट भयो जानौं हाम्रो यात्रा सुरू
भुलेर नि गुरूको मन दुखाउन हुन्न
गुरू बिना यो जीवनको कुनै अर्थ हुन्न
रोप्दै फूल गोडमेल गरी हुर्काउने माली
फूल सबै सप्रुन भन्ने चिन्ता उनलाई खाली
को रहेछ ठूलो व्यक्ति चिनौं सबै माझ
नमन गर्छु शिर झुकाई गुरू प्रति आज
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)