कसम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
विलियम वोरडसवोरथले भनेका छन्- कविता शक्तिशाली भावनाहरूको सहज वेग हो। जसलाई सौहार्द अवस्थामा पुनः चयन गर्न सकिन्छ।
तर मेरो बुझाईमा यो सरल भावना, सुन्दर शब्द र लयको साथ कुनै पनि कुराको अभिव्यक्ति हो। कविता सिर्जना गर्ने व्यक्तिलाई कवि भनिन्छ। यो एक प्रकारको प्राकृतिक क्षमता पनि हो। नेपालीमा एउटा प्रचलित भनाई छ जहाँ सूर्यको किरणहरू जान सक्दैन, त्यहाँ कवि पुग्न सक्छ।
यो एक प्रकारको कल्पनाशक्ति पनि हो। कविले उनीहरूको दिमागमा विचारहरू, छवि र अवधारणाको गठन गर्छ र तिनीहरूलाई सजिलोसँग सजाएर संगठित गर्छ। कविको दिमागमा एक विचित्र कल्पना हुन्छ र यो पनि एक प्रकारको गुण हो। जुन प्रत्येक व्यक्तिमा हुँदैन। यो जन्मजात जस्तै हो।
विलियम सेकस्पेयर, टियस इलियट, जोन मिल्टन, इत्यादि संसारका सबैभन्दा ठूला कविहरू हुन्।
अर्को लोकप्रिय भनाइ प्लेटोले भनेका छन्- प्रेमको स्पर्शमा सबैजना कवि हुन्छन्।
यस अर्थमा भन्दा प्रत्येक व्यक्ति जीवनमा एकपटक कवि हुन्छ। प्रकृति पनि कविता सिर्जना गर्न प्रेरक कारक हो। उदाहरणका लागि वातावरण र वरपरको वातावरण राम्रो छ भने कविलाई सुन्दर कविता सिर्जना गर्न सजिलो हुन्छ। कविमा अप्रिय अवस्थामा पनि प्रभावकारी र सुखद तरिकामा चीजहरु व्यक्त गर्न सक्ने कला हुन्छ।
कविले कवितालाई सुन्दर बनाउन विभिन्न तत्वहरू जस्तै: ताल, मिटर, श्लोक, इमेजरी, सिमिली, रूपक, व्यक्तित्व, हाइपरबोल प्रयोग गर्छ। अर्कोतर्फ यसलाई अनियमित रूपमा पनि लेख्न सकिन्छ। राम्रो कविताले हरेक व्यक्तित्वको मन प्रफुल्लित बनाउँछ।
कलाकारले तपस्या गर्नुपर्छ ख्याल ख्याल होइन भनेझैं कविता लेख्न कविलाई पनि मिहिनेत नगरी सजिलो चाहिँ हुँदैन होला।
(बिसप चालिसे डियरवाक स्कुल सिफलमा कक्षा ५ मा अध्ययनरत छन्।)