सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सरस्वती माता हामी बालबालिकाका लागि धेरै महत्वको देवी हुनुहुन्छ। किनकि बालबालिकालाई पढ्न र लेख्न धेरै आवश्यक छ। अनि सरस्वतीले हामी साना-साना बालबालिका र भाइबहिनीलाई पढ्ने र लेख्ने वरदान दिनुहुन्छ।
ठूला मानिसका लागि पनि सरस्वती माता धेरै महत्वकी देवी हुनुहुन्छ। ठूला मानिसहरूले पनि धेरै काम गर्नुपर्छ। काम राम्रो गरियो भने ठूलो र ज्ञानी मानिस बन्न सकिन्छ। राम्रा कामका लागि त सरस्वती माताले वरदान नै दिने हो। अनि हामीलाई उहाँले सहायता गर्नको लागि वरदान पनि दिनुहुन्छ।
उहाँको वाहन हाँस हो। उहाँ ब्रम्हालोकमा बस्नु हुन्छ। उहाँले हातमा विणा र पुस्तक लिनुहुन्छ। उहाँलाई त्रिदेवी पनि भन्ने गरिन्छ। ज्ञान र धन पनि दिनुहुन्छ। श्रीपञ्चमीको दिन सरस्वती मातालाई पूजा गरिन्छ। उहाँलाई सेतो रंग मन पर्छ। उहाँले सेतो पहिरन लगाउनुहुन्छ।
हामी धेरै ज्ञानी बन्यौं भने सरस्वती माता खुसी हुनुहुन्छ। म धेरै-धेरै ज्ञानी बनी राम्रोसँग लेखपढ गरी उहाँलाई खुसी बनाउने कोशिस गरिरहन्छु।
उहाँ विद्याको खानी हो। त्यसैले हामीले सरस्वती माताको सधैँ आदर गर्नुपर्छ।
(रूबस पराजुली जि.एस निकेतन मा. वि, हेटौंडा, मकवानपुरमा कक्षा ३ मा अध्ययनरत छन्।)