सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
दिनभरि ल्याप्टप अगाडि बसेर म थाकिसकेँ
मलाई अब फेरि आफ्नै कक्षाकोठामा गएर पढ्नु छ
प्रत्येक कुरा इन्टरनेटमा खोज्दा मेरा आँखा दुखिसकेँ
त्यही पुरानो दिन ल्याऊ न, कोरोना तिमी छिटो जाउ न!
साथीभाईसँग भेट्न नपाउँदा म छट्पटिसकेँ
मलाई अब फेरि तिनै साथीसँग मज्जाले खेल्नु छ
फ्री-फायर र लुडो खेल्दा मेरा औंला दुखिसकेँ
त्यही पुरानो दिन ल्याऊ न, कोरोना तिमी छिटो जाउ न!
चार भित्ताभित्र मात्र बस्दा म गुम्सिसकेँ
मलाई अब फेरि स-परिवार मन पर्ने ठाउँ घुम्न जानु छ
घरको छत र बार्दलिमा मात्र ओहोरदोहोर गर्दा मेरा खुट्टा दुखिसकेँ
त्यही पुरानो दिन ल्याऊ न कोरोना तिमी छिटो जाउ न!
दिनहुँ आफन्तको मृत्युको खबरले म आत्तिसकेँ
मलाई अब फेरि खुसी हुँदै हजुरआमासँग मन्दिर जानु छ
मेरो परिवारमा कसैलाई केही नहोस् भन्दै रूँदा मेरा आँसु सुकिसकेँ
त्यही पुरानो दिन ल्याऊ न, कोरोना तिमी छिटो जाउ न!
(सुविज्ञा नेपाल श्री चुरे मा.वि, बर्दियामा कक्षा ९ मा अध्ययनरत छिन्।)