सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
विश्वभर कोरोना आतंक छ। यसका कारण मानिसहरू घर बाहिर निस्कन पाएका छैनन्। अति आवश्यक काम पर्दा मात्र घर बाहिर निस्कन्छन्।
माक्स लगाएर मात्र निस्कने गर्नुपर्छ। पसलमा भिडभाड गर्नु हुँदैन। बाहिर निस्कँदा सेनिटाइटर बोकेर निस्कनु पर्छ। बेलाबेलामा सेनिटाइजर लगाउनु पर्छ। हात धुनु पर्छ।
बच्चाहरूले घर बाहिर निस्कनु हुँदैन। ठूलो मानिसले पनि आवश्यक समयमा बाहेक बच्चालाई लिएर बाहिर जान हुँदैन। भिडभाडमा जाँदा सकेसम्म दुईवटा माक्स लगाएर निस्कनु पर्छ। घरको कम्पाउण्ड भित्र र छतमा मात्र खेल्नु पर्छ।
अहिले अनलाइन कक्षाबाट पढाउने भएको हुँदा स्कुलको नियम मानी अनलाइन कक्षालाई नै विद्यालय सम्झौं। घरैमा भए पनि कम्प्युटरमा विद्यालय जस्तै सिक्न पाएका छौं।
कोरोनाको महामारी फैलिरहेको बेला मैले घरमा बसेर धेरै नयाँ कुरा सिक्ने मौका पाएँ। यो समयमा घर सफा गर्न, तरकारी रोप्न, गमलामा फूल रोप्न, विरूवामा पानी हाल्न, चिया पकाउन, सब्जी काट्न, कुचो लगाउन, पोछा लगाउन, मामुलाई भान्सामा सघाउन, कथा पढ्न आदि सिकेँ।
त्यसैगरी युट्युब हेरेर गीतार बजाउन, पियानो बजाउन सिकेँ। अनलाइन कक्षाले गर्दा कम्प्युटर चलाउन, इमेल पठाउन, इन्टरनेटको बारेमा जान्ने मौका पाएँ।
स्कुल गएर पढ्ने तथा साथीहरूसँग खेल्ने कुराको सम्झना सँधै आउँछ। सपनामा पनि साथीहरूसँग खेलेको देख्छु। रोगबाट जोगिन घरबाट नै पढेर बस्नु राम्रो हो। कोरोना महामारी कम भएपछि स्कुल त जान पाइहालिन्छ नि!
सबैभन्दा महत्वपूर्ण कुरा जतिसुकै नराम्रो समय आए पनि त्यसबाट हामीले नयाँ कुरा सिक्ने अवसर पाइरहेका छौं।
(दृशिया सापकोटा सेन्ट मेरिज हाईस्कुल जावलाखेलमा कक्षा चारमा अध्ययनरत छिन्।)