सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
जन्मदेखि अहिलेसम्म मेरो स्याहार सुसार गर्ने
आफूले धेरै मिहिनेत गरेर मलाई सबै सुविधा दिलाउने
कहिल्यै पनि मलाई अप्ठ्यारोमा पर्न नदिने
आफू चिसो भुइँमा बसेर भएपनि मलाई कुर्सीमा बसाल्ने
कहिले माया गर्नुभयो त कहिले रिसाउनु भयो
तर हरेक क्षण मलाई खुसी राख्न सक्दो कोशिस गर्नु भयो
हजुरको छोरी हुनुमा म गर्व गर्छु
हजुरको लामो आयुको लागि सधैँ प्राथना गर्छु
बुवाको मुख हेर्ने दिन (कुशे औँशी) को हजुरलाई धेरै शुभकामना
पुरा होस् हजुरको सबै इच्छा यही छ भगवानसँग प्रार्थना।
(आयुष्मा पाण्डे कालिका मानव ज्ञान माध्यमिक विद्यालय लुम्बिनी प्रदेश, बुटवलमा कक्षा ७ मा अध्ययनरत छिन्।)