सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
गीत:
छिमेकीको बारीमा कति धेरै काउली
यसपालिको तीजमा जान पाइन मेरो मावली
बेलुका निद्रा नलाएर हेरि बस्छु जुन
सम्झिन्छु मामाघरका ती चिजहरू छुन
यो तीजमा लगाए छमछम पाउजु
कोरोनाले गर्दा माइत गइनन् ती भाउजु
कोही कोही पाहुना आए गर्थे मैले सत्कार
तीजमा मलाई सँधै लाग्ने नाच्ने गाउने हतार
बिहानै नुहाउन मामु जानु भो खोलामा
गीत लेख्छु कापीमा भन्दा भेटिएन खोलामा
आयो नि अहिले राम्रो-राम्रो हाम्रो जमाना
तीजमा जे जसो भएनी सबैलाई शुभकामना।
(रुबस पराजुली जी एस निकेतन माध्यामिक विद्यालय हेटौंडामा कक्षा ३ मा अध्ययनरत छिन्।)