सबै भावनाहरु सँगै बाँधिएका हुन्छन् । यी सबै बाँधिएका भावनाहरुले हामीलाई जालमा फसाउन सक्छन। हामी सोच्दछौं कि भावनाहरु हाम्रोलागि आशीर्वाद हो तर यो सबैभन्दा ठूलो अभिशाप पनि हुनसक्छन्। हामीलाई लाग्छ कि हामी हाम्रा भावनाहरु लाई नियन्त्रणमा राख्न सक्छौं तर यो सत्य हो त ? के तपाइँ आफ्ना भावनाहरुलाई नियन्त्रण गर्न सक्नुहुन्छ ? अथवा तपाइँ स्वयम् भवनाहरुको अधीनमा बस्नुहुन्छ ?