सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मैले यसपालिको दसैंमा लामो यात्रा गर्ने मौका पाएँ। मेरो मामाघर पर्वत जिल्लामा पर्छ। म मकवानपुर जिल्लादेखि चितवन, तनहुँ र कास्की हुँदै एकै दिनमा पर्वत जिल्ला पुगेँ।
पर्वतमा रहेको मेरो मामाघरमा सबै आफन्तहरू भेट्दा निकै रमाएँ। अर्को दिन हामी सबैजना मिलेर बाग्लुङ कालिका मन्दिर गयौँ। त्यहाँ पुगेर पूजा गरियो। अनि फोटाहरु खिचियो। साह्रै रमाइलो भयो।
पहिला-पहिला त निकै भिडभाड हुने गर्थ्यो रे। अहिले कोरोनाको कारण मानिसहरूको त्यति धेरै भिड थिएन। मानिसहरू पनि मास्क लगाएका देखिन्थे। त्यसपछि हामी नेपालको सबैभन्दा लामो पुलमा अवलोकन गर्यौं र फोटा पनि खिच्यौं। यो पुल ५६७ मिटर लामो रहेछ। यो पुल कालीगण्डकी नदीमाथि रहेछ। पुलबाट तल हेर्दा कहाली पनि लाग्दो रहेछ। त्यसपछि हामी कुस्मा फर्कियौं र मोदी खोला र काली गण्डकीमाथि रहेका विभिन्न पुलहरु तरियो।
पुलहरु कति धेरै रहेछन्। मलाई त अच्ममै लाग्यो। एकै पुलबाट ७/८ वटा पुलहरू एकै साथ पनि देखिने रहेछ। यसरी नै हामी बन्जी जम्प हेर्न गयौँ। त्यहाँको पुलबाट मानिसहरू डोरी लगाएर हाम फाल्ने रहेछन्। यो साहसी खेल रहेछ। म पनि ठूलो भएपछि एक पटक खेल्नेछु।
अचम्म! स्विङमा दुइजना दिदीहरू एकैचोटी खेलेको पनि देखेँ। मेरो बुवाले पढाउनुभएको कलेज पनि देखियो। यसरी दिनभर घुमेर रमाइलो गरेर मामाघर फर्कियौं। अर्को दिन स्याङ्जा, पाल्पा हुँदै मेरा हजुरबुवा र हजुरआमा भएको ठाउँ रुपन्देही पुगियो।
बाटोमा क्या राम्रो झरना पनि भेटियो र आनन्द लिइयो। राम्दी भन्ने ठाउँमा फेरि कालीगण्डकी भेटियो। यसैगरी दसैं रमाइलोसँग मनाइयो र हेटौंडा फर्कियो। तपाईहरु पनि सबैजनाको दसैं र यात्रा राम्रै भए होला है। यात्राबाट धेरै कुराहरु सिकिने रहेछ।
(रुबस पराजुली जी.एस निकेतन माध्यामिक विद्यालय, हेटौंडामा कक्षा ३ मा अध्ययनरत छन्।)