सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
वर्षेनी १५ देखि २० डोका मकै उत्पादन गर्ने राजकुमार सापकोटाको यसपाली मकै उत्पादन पाँच डोकामा खुम्चिन पुग्यो।
'दिन रात नभनि लगाएको बाली र गरेको मेहेनत बदेलले एक रातमै नष्ट गरिदिँदा पक्कै सार्है नराम्रो लागेको छ,' उहाँले भन्नुभयो। आफ्नो गरिखाने बाटो खेति किसानी नै भएको तर चरम बदेल आक्रमणले आफू बेरोजगार हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ।
'सरकारी पक्षले पनि खासै हामीलाई ध्यान दिएको छैन,' उनले बताए।
राजकुमार मात्र हैनन्, कुशादेवीका अधिकांश अहिले आफ्नो बालीनाली जोगाउन राती-राती बारीमा आगो बाल्न र भाडाकुडा बजाउन व्यस्त छन्। पहिले खासै त्यति नदेखिएका यी जनावरको बढ्दो संग्ख्याले कुशादेवीवासी हाल हैरान छन्।
बदेल अधिकांश समय समूहमा हिँड्छ र खानेकुरा खोज्न प्राय: रात्रिकालिन समयमा जान्छ। यसले मानिसले लगाएको बालीमा आक्रमण गरेको पाइन्छ। यो एसियाको दक्षिणपुर्वीय ठाउँबाट २५ लाख वर्षअघि उत्पति भएको मानिन्छ। हाल यसका १६ उपप्रजाती विश्वभर रहेको मानिन्छ।
सन् २०१९ मा नेपाल सरकारले बदेल आक्रमक रूपमा बढ्ने जनावर भएकाले सिकार गर्न पाइने कानुन पनि बनाएको छ तर जंगली जनावरको सिकार निकै खतरनाक पनि हुन्छ। उचित तालिम र समन्वय नहुँदा अर्को दुर्घटना निम्तिन सक्छ। हामीलाई थाहा भएकै कुरा हो, जे काम गर्दा पनि एकजुट नभई र उचित नेतृत्व नगरिकन सफल हुन सकिँदैन। त्यसैले सरकारले पनि किसानलाई यो समस्या समाधानमा उचित मद्दत गर्नुपर्छ र प्राथमिकताका साथ अघि बढाउनु पर्छ।
(राजेश सापकोटा लिलावती नेसनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन्। प्रस्तुत लेख सौगात बोलखेको सुपरिवेक्षणमा तयार भएको हो।)