सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
पुस-माघ चिसो हुँदा प्यारो हुन्छ घाम
घामसँगै खेल्न कति रमाइलो काम
न्यानो लुगा लगाएर खेल्नुपर्छ हामी
चिसोबाट बच्नुपर्छ हामी साना नानी।
निमोनिया हुन सक्छ चिसो हुँदाखेरि
अस्पताल जानुपर्छ दु:ख हुन्छ फेरि
तातो-तातो झोल कुरा खानुपर्छ हामी
टिफिन पनि घरबाटै लानुपर्छ हामी।
आगो ताप्दा आगोसँग कहिले खेल्नु हुन्न
त्यसैले त मैले आगो कहिले पनि छुन्न
मोबाइल पनि नखेल्नु है जतिखेर पनि
थाहै नपाई आँखा कमजोर भइदिन्छ अनि।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, जाउलाखेलमा कक्षा २ मा अध्ययनरत छिन्।)