सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कुनै समय एउटा केटो थियो जो एकदमै लोभि थियो। उसको नाम राम थियो। ४ कक्षामा पढ्थ्यो। एकदिनको कुरा हो, ऊ आफ्नो साथीहरूसँग स्कुल जाँदै गर्दा उसले र उसको साथीहरूले एउटा केराको ठूलो बोट देखेँ।
उसका साथीहरूले भने, 'आहा बोटमा कति राम्रो केरा फलेका है! अब यी केराहरू पहेंला भई पाकेपछि त कति मीठो हुन्छ होला हगी?'
रामको मुख पानीले भरियो।
उसले साथीहरूलाई भन्यो, 'तिमीहरूको कुरा सुन्दा त यी केरा पाकेपछि खान मन लागेजस्तो छ त! मैले तिमीहरूको मनको कुरा बुझिहाले होइन त? ल हामी सबै मिली चोरौं। अनि सबैले आधा-आधा भाग बाढौँ।'
रामका ति असल साथीहरूले भने, 'राम तिमीले गलत भन्यौ। हामीले त्यसतो भन्न खोजेको होइन। चोर्नु त नराम्रो काम पो हो त।'
त्यति भनेर रामको साथीहरु स्कुल जान ढिलो हुने भनेर छिटोछिटो हिँड्न थाले। साथीहरुले छाडेर छिटोछिटो हिँड्न लागेको देखेर ऊ कोहीसँग नबोली गयो। त्यो दिनदेखि उसले स्कुल जाँदा र स्कुलबाट फर्किदा मात्रै नभई निन्द्रामा पनि केराहरु पाकेको देख्यो।
आठ दिन यसरी नै बित्यो तर केरा पाकेको थिएन। नवौं दिनमा हेर्दा भने सबै केरा पाकेर पहेंला भएका थिए। ऊ एकदम खुसी भयो र सोच्यो, 'अहिले त साथीहरु छन्। उनीहरु नभएको बेला टिप्नुपर्ला।'
उसले कक्षामा पनि ति केरा कतिबेला टिप्ने होला भन्ने सोच्दै बस्यो। सोच्दै बसिरहेको बेला स्कुलको खाजा खाने घन्टी बज्यो। त्यहीबेला रामलाई बुद्धि खुल्यो। ऊ स्कुलको कसैले पनि थाहा नपाउने गरि बाहिर गयो। केराको रूख चढ्यो र माथी पुगेर केराको झुप्पो टिप्यो।
टिपिसकेपछि केराको झुप्पो कता लुकाउने भन्दै उसले ठाउँ खोज्न थाल्यो। बेलुका हुन लागिसकेको थियो। तर उसले अझैं त्यसलाई लुकाउने ठाउँ भेटाउन सकेन। उसले खोजी नै राख्यो। अन्तिममा कुलो भेट्टायो। त्यही केराको झुप्पो लुकायो। त्यहाँ कुलो खनेको त थियो तर किसानहरुले मूलको पानी आउने बाटो बन्द गरेका थिए।
राम आफ्नो घर ढुक्क भएर गएको थियो। उसले सोचिरहेको थियो, 'अब मेरो केरा सुरक्षित छ। कसैलाई पनि थाहा छैन। अब म भोलि यता आउँछु अनि सबै म मात्र खान्छु।'
यस्तो सोचेर रामले मुख मिठ्यायो। भोलिपल्ट शनिबार थियो। छुट्टिकाे दिन पनि भएकाले साथीहरूलाई पनि देखाउँदै खान्छु भन्ने उसले सोच्यो। राति निन्द्रामा पनि केरा नै केरा खाएको देख्यो। भोलि बिहानै उठ्नासाथ त्यही कुलोमा गएर हेर्यो। तर कुलोमा केराको थिएन। पानी आइरहेको थियो।
ऊ निरास हुँदै घर गयो। हजुरआमालाई सबै कथा सुनायो। हजुरआमाले भन्नुभयो, 'चोरेको कुराबाट हामीलाई कहिल्यै फाइदा हुँदैन। किसानहरुले अघि नै पानी बग्न छोडिदिएका थिए। त्यही पानीले बगायो होला।'
त्यस दिनदेखि रामले कहिल्यै चोर्ने काम गरेन। ज्ञानी भएर बस्यो। सबैजनाले उसलाई राम्रो मान्न थाले।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)