सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
नयाँ छाता किने मैले न्युरोडमा गएर
मन पर्यो गुलाबी रङ र डल भएर
कभर पनि रैछ त्यसमा सिट्ठी पनि बजाउँछु
कहिलेकाहीँ ट्याडीलाई नि छाता ओढाउँछु।
बाबा-मम्मु पनि मेरा छाताजस्तै लाग्छ
उहाँहरूसँगै बस्दा डर सबै भाग्छ
पानी आउँदा छाता लिई स्कुलमा जाने हो
छाता ओढी चौरमा बसी खाजा खाने हो।
घाम आउँदा पानी आउँदा छाता ओढ्न पाएकी छु
छातासँग खेल्न पाउँदा खुसी भएकी छु
जतन गरी चलाऊ भन्नुहुन्छ मम्मु अनि बाबाले
डर लाग्छ कुनै बेला उडाउँछ कि हावाले।
छातासँग नाता गाँसे नयाँ वर्ष आएपछि
डर छैन घामपानीमा छाता भएपछि
पानी आउँदा कहिलेकाहीँ साथीलाई नि बोलाउँछु
भिज्न हुन्न भनेर छाता ओढाउँछु।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ३ मा अध्ययनरत छिन्।)