सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
एक मात्र विशाल पृथ्वी छ सबैले बाच्ने
सम्भव जहाँ छ मिलिजुली बसी सबै हास्ने
पुर्खाको परिश्रम, इतिहास बोकेको
सम्झना, याद र आपार माया गासिएको
जलचर, थलचर हो सबैको प्यारो घर
जोगाऔं पृथ्वी, छौ हामी यिनकै भर
अन्नपात, जडिबुटी, छ पानीको भण्डार
आनन्दित छन् सबै जगत चराचर
जोगाऔं भौतिक र रासायनिक वातावरण
बाच्नेछ प्राणी, सबैको अमूल्य जीवन
जहाँ होस् स्वच्छ भुमि,जल र वायु
अनि मात्र स्वस्थ, आरोग्य र हुन्छौ हामी दिर्घायु
पृथ्वी छ अन्नदाता सबै जीवको माता
संरक्षण र संवर्धन नगरे हुन्छ प्राणी जातिकै घाटा
नगरौं प्रदुषण ठोस, ग्यास र तरल
छ सीमित श्रोत अनि पृथ्वी एक अटल।
(प्रज्ञानी नारायण र स्मारिका भट्ट एक्सेल्सियर स्कुलमा कक्षाा ८ मा अध्ययनरत छन्।)