सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
प्यारो र सुन्दर नेपाल मेरो देश
छन् सौन्दर्य नदी-नाला बहने अशेष
बिरताको गाथा बोकेको मेरो देश
मठ-मन्दिर, गुम्बा र मस्जिद छन् विशेष
देशका बलिया खम्बा हुन् सेना र फौजि सिपाही
उभिन्छन् सधै रक्षा कवजमा दिनरात ननिदाइ
दशको बराबर हुन्छ एक हाम्रो वीर गोर्खाली
त्यसैले गाउँछन् दुनियाले जय मेचीकाली जय गोर्खाली
दसैं, तिहार, छठ, माघी, वकर इद र ल्होसार
यिनै हुन् विविधतामा एकताको धरोहर
साथी छन् मेरा यिनै विविधतासहित बोकेका चाड र पर्व
सबैले मनाउँछन् सबैका साथ यसैमा लाग्छ मलाई खुसी र गर्व।
(प्रत्युश भुसाल सेन्ट जेभियर्स स्कुल, जाउलाखेल ललितपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)