सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
नाम सुन्दा अनौठो लाग्ला!
सन् १८०६ को राणाकालीन इतिहास र वसन्तपुर दरबारभित्रको बगैंचा अनि भण्डारखाल पर्वबारे यो लेख होइन।
यो काठमाडौंको गौशाला नजिकै अवस्थित रूखहरूले घेरिएको भण्डारखाल नामको पार्कबारे हो। उक्त ठाउँ परापुर्वकालमा भगवान पशुपतीनाथलाई फूलहरू रोपी चढाउने ठाउँ भएको स्थानीयहरू बताउँछन्। अहिले भण्डारखाल पार्कमा रूपान्तरित भएको छ।
घाम लागेको अवस्थामा पनि शितल छ्हारीको अनुभव दिने उक्त ठाउँमा विभिन्न प्रकारका रूख, खेलकुदको लागि चउर र बच्चादेखि वृद्धसम्मलाई हिँड्डुल गर्न, प्रकृतिको आनन्द लिन अनि साथीभाइसँग बसेर भलाकुसारी गर्न मिल्ने ठाउँ रहेछ। यो ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्र भित्र पर्छ। हरियो रूखहरुले घेरिएको हुनाले यहाँभित्र जाने मानिसलाई एक किसिमको छुट्टै आनन्द अनुभव हुन्छ।
हामी भन्दा अगाडिका पुस्ताले यस ठाउँलाई जोगाइदिएको हुनाले आज हामीले यसबारे जान्ने मौका पाएका छौं। बढ्दो जनसंख्या र सहरीकरण बिच पार्कलाई जोगाउन आवश्यक देखिन्छ। हामीले एउटा रूख रोपे त्यसको छहारीमा भोलि अरू व्यक्ति बस्न मिल्छ। आजको समयमा वातावरणको प्रत्क्षय असर मानिसको जीवनमा पर्छ।
'हरियो वन नेपालको धन' भनेझै वातावरण जोगिएमा विश्वकै धन जोगिने कुरा नकार्न मिल्दैन। यस्तो ठाउँलाई व्यक्ति र सरकार दुबै मिलेर जोगाएमा अर्को माहामारीबाट मानव जातिलाई विश्ववभर जोगाउन सम्भव छ।
(बिसप चालिसे डियरवाक स्कुल, सिफलमा कक्षा ६ मा अध्ययनरत छन्।)