सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
विविधताले विश्वभरीकै सुन्दरतालाई जम्मा पारेर घप्लक्कै खन्याएकाे मुलुक हाे नेपाल। वीर पुर्खाहरूले आफ्नो ज्यान जोखिममा राखेर बचाएकाे मुलुक हाे नेपाल। स्वर्गका देवगणहरूले समेत भिन्न-भिन्न रूपमा जन्मन मन पराएकाे मुलुक हाे नेपाल। प्रकृतिको क्रीडाभूमि, ऋषिहरूकाे तपाेभूमि,वीर याेद्धाहरूकाे कर्मभूमि हाे नेपाल।
विश्व मानचित्रमा सानाे देखिएता पनि यसकाे शान, मान र प्रतिष्ठा छुट्टै किसिमकाे छ। गाैतम बुद्धकाे जन्मस्थल, हिन्दु धर्मावलम्बीहरूकाे तपाेभूमि पाशुपत क्षेत्र। सीता, भृकुटी र अरनिकोले कीर्ति फैलाएको देश हाे नेपाल। हिमाल, पहाड, तराईको अनाैठाे संगम एवं विश्वका सर्वाेच्च दशवटा हिम शिखरमध्ये सगरमाथा लगायत आठवटा हिमचुली रहेकाे देश हाे नेपाल। त्यसैले, नेपाललाई विदेशीहरूले स्वर्गकाे टुक्रा भनी सम्बोधन गर्छन्।
चारजात छत्तीस वर्णकाे फूलबारीमा रहेकाे याे देशभित्र अनेक जातजातिरूपी पुष्पहरू पुष्पित र पल्लवित छन्। शेर्पाको नाच, गुरूङकाे राेदी, लिम्बूको धान नाच, नेवारकाे लाखे र सुदुरपश्चिमकाे देउडाले यहाँ अलग-अलग संस्कृति र जातिकाे झझल्को दिने गर्छन्।
यहाँ प्रत्येक जातजातिरूपी रंगी- विरंगी फूलका बीच भिन्न-भिन्न संस्कृतिमाझ एउटा काेलाज साैन्दर्यज्याेतिकाे प्रष्फुटन भएकाे छ र नेपाली संस्कृतिकाे जन्म भएकाे छ। यहाँ बुद्धका भक्तहरू पशुपति-दर्शनकाे प्यासले छटपटाउँछन्। पशुपतिका श्रद्धालुहरू बौद्ध-गुम्बाकाे दर्शनार्थ अधिर हुन्छन्।
यस पतितपावन भूमिभित्र पशुपतिनाथ र स्वयम्भूले रत्नपार्ककाे मस्जिदसँग डाहा गर्दैनन्। गिर्जाघरकाे पादरीका विरूद्ध माेर्चा कस्दैनन्। साम्प्रदायिक एकता, मेलमिलाप र सदभावका लागि जुटेकाे देश हाे नेपाल। त्यसैले, याे सानाे भए पनि यसकाे महिमा ठूलाे छ।
नेपाल सानाे छ तर याे आफैंमा विविधताले भरिएकाे विशाल छ। हिमाल, पहाड, तराईको अनाैठाे संगम वन-जंगल नदीनाला, प्राकृतिक, कृषि, सांस्कृतिक, जातीय, भाषिक, धार्मिक, सामाजिक, वर्गीय रूपमा पनि यहाँ विविधता छ। कुल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर याे देश समुन्द्र सतहबाट करिब ६० मिटर उचाइदेखि विश्वकाे सर्वाेच्च शिखर ८८४८.८६ मिटरसम्म फैलिएकाे छ।
दक्षिण तराईदेखि उत्तरमा हिमालसम्म पुग्दा यहाँ विविध प्रकारका भू-स्वरूपहरू देख्न सकिन्छ। हावापानी, वनस्पति, अनेक जाति सांस्कृतिक स्वरूप प्राकृतिक सम्पदा आदिमा विविधता मात्र नभएर विशिष्टता अनि माैलिकता पनि पाइन्छ। जलवायूको स्वरूप र प्रकृतिभिन्न छ भने भाैगाेलिक विविधताले सामाजिक, आर्थिक ,सांस्कृतिक, प्रशासनिक र राजनीतिक रूपमा समेत विविधता ल्याएकाे देखिन्छ।
प्राकृतिक वातावरणकाे विविधताले पशुपक्षी एवं प्राकृतिक वनस्पति र जनजीवनमा पनि यहाँ व्यापक्ता भेटिन्छ। त्यसैले, नेपाल विविधताकाे संगम भएकाे देश हाे भन्दा फरक पर्दैन।
छङछङाउदै बग्ने सुनझै पानीका अनन्त स्राेतहरू हाम्रा अतुलनिय प्राकृतिक सम्पदा हुन्। हाम्राे देशभित्र गर्व गर्न लायक अनेकौं प्राकृतिक सम्पदा छन्। यहाँको संस्कृति र सम्पदाहरूले विश्वका मानिसलाई आकर्षित गरिरहेका छन्। मुलुक बहुरंगी फूलहरू फूलेकाे सुन्दर उपवनझै छ। यहाँ पारस्परिक सद्भाव, सहयाेग र सु-सम्वन्ध मगमगाएकाे छ।
अनेकतामा एकता र विविधताको संगम सामाञ्जस्यमूलक सांस्कृति सहभागिता, धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव, क्षेत्रिय मेलमिलाप र जातिय सद्भाव जस्ता अभूतपूर्व पक्षहरूले हामीलाई विश्वमाझ चिनाएकाे छ। वीर गाेर्खालीकाे गाथा, हाम्रा प्रकृतिरूपी छटाहरू यहाँ देखिने विविधताको संगमले नेपाल सानाे छ तर संसार छ भन्ने भनाइलाई सहजै पुष्टि गर्छ।
(आरूषी पाैडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा अध्ययननरत छिन्।)