सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
आमा औँशीमा हो नि हामी आमालाई हेर्ने
नत्र भने हाम्री आमा खाली व्यस्त हुने
आमालाई उपहार दिई स्वागत गर्छौँ हामी
मिठा-मिठा कुरा खान्छौं खुशी मानीमानी।
जुनतारा जस्तै आमाको मुख चम्किलो हुन्छ
आमाको मिठो बोली सुन्न मलाई मन लाग्छ
आमाले नै जन्माएर हामीले संसार हेर्न पायौँ
आमाको साथमा रहँदा आज निकै खुसी भयौँ।
फलफुल पनि दिन्छौँ हामी कार्ड बनाई दिन्छौँ
आमाले पकाएको खाना मिठो मानी खान्छौँ
आमालाई टिका लगाई आशिष हामीले लिने
जीवनभर उनीलाई सुख सन्तोष दिने।
यो संसारमा आमा जस्तो राम्रो को होला
उनी मेरो महान गुरू, पहिलो पाठशाला।
(रूबस पराजुली जी.एस. निकेतन माध्यामिक विद्यालय, हेटौँडा मकवानपुरमा कक्षा ४ मा अध्ययनरत छिन्।)