सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
हामी साना बालक
सधैं जान्छौँ स्कुल
पढी-लेखी ठूलो भई
बन्नेछौँ धेरै असल
ठूलालाई आदार गरेर
सानालाई माया गर्नेछौँ
संस्कार र ज्ञान सिकेर
नियम कानुन मान्नेछौँ
आफू ज्ञानी बनेर
ज्ञानकै ज्योति छर्नेछौँ
कु-संस्कार हटाई
अन्धकारलाई चिर्नेछौँ
देश विकास गर्नलाई
हामी अघि बढ्नेछौँ
जसका लागि आजैदेखि कम्मर
कसी कसी पढनेछौँ।
(बिनायक पन्त गरिमा आवासिय माध्यामिक विद्यालय, बाग्लुङमा कक्षा ५ मा अध्ययनरत छन्।)