सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
गुरू हजुर कुमाले, हामी हौ गिलो माटो
बनाइदिनुस् हामीलाई एक आकार
देखाइदिनुस् हामीलाई शिक्षाको बाटो
सिकाइदिनुस् हामीलाई राम्रो संस्कार
मैनबत्ती जस्तै सबैलाई उज्यालो दिँदै,
ज्ञानको ज्योती सबैलाई छर्दै,
आमाको जस्तै आँखाले हेर्दै,
माया, ममता र शिक्षा हामीलाई दिँदै,
प्रणाम छ हजुरलाई हाम्रो कोटी कोटी।
(शुभान्जली मानन्धर सेन्ट मेरिज स्कुल, जावलाखेलमा कक्षा ६ मा अध्ययनरत छिन्।)