सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
लाग्यौ तिमी मुगलान हेर, पाउँछु कि भनि काम
दिनरात मिहिनेत पुर्याउन, जहानको मुखमा माम
छाडि ती आमा, श्रीमती छोराछोरी अनि प्यारो गाउँ
अब त पुग्यो परदेशी, तिमी फर्केर घर आऊ
त्यसै छ बारी त्यसै छ टारी बाँझै छ गैरी खेत
परदेशी तिम्रो आउन अझै त्यो मस्तकमा चेत
नखाउला स्वादलाई मिठो, खाउँला सिस्नोपाती
टाढा रहनुभन्दा गाउँबाट, सँगै बसेको जाती
त्यो सार्हो गर्मी पसिना तिमी किन बगाउँछौ त्यहाँ?
तरकारी लाउँला, बाख्रा पालौला केही गरी बसौं यहाँ
पियारी तिम्री बसिछन् यहाँ आसुँका धारा छाडी
तिमी नै चाहियो, चाहिएन उनलाई गाडी र महंगो साडी
साथी तिम्रा ति बाहिरिए सबै गाउँघरको घाँटी रेटी
बिरामी आमा तिम्री त्यो घरमा बाउ छन् घिटीघिटी
मरिमेटी त्यहाँ केलाई हो धन? मरिलानु के छ र?
कमसेकम बाउलाई दिन दागबत्ति फर्केर आउ घर
छाडिदेउ मुग्लान बरू पसिना स्वदेशमा नै बगाउ
अब त पुग्यो परदेशी तिमी फर्केर घर आऊ।
(शिशिर सुबेदी गोल्डन नेचर बाेर्डिङ स्कुल, पोखरामा कक्षा १० मा अध्ययनरत छन्।)