सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
आकाश आज कालो भो
पानी पर्न लागेछ
स्कुल जाने बेलामा
भाइले रेनकोट बोकेछ।
पानी पर्ने मौसम छ
तातो न्यानो गर्नु छ
घरबाहिर जाँदा सधैं
छाता, रेनकोट बोक्नु पर्छ।
मलाई सारै मन पर्ने
पानी पर्ने मौसम
सबैतिर हरियाली
बग्छन् खहरे छङ्गछङ्ग।
(मानस पहिजु जेन्युइन सेकेन्डरी स्कुल देकोचा, भक्तपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)