सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
गएको वैशाख महिनामा म मेरो परिवारसँग बन्दीपुर घुम्न गएको थिए। यो तँनहु जिल्लामा पर्दो रहेछ। मलाई बन्दीपुर सारै रमाइलो लाग्यो। जाँदा घुम्ती बाटोचाहिँ सारै डर लाग्यो। त्यहाँ पुगेपछि भने राम्रो लाग्यो। त्यहाँ एउटा ठूलो टुँडिखेल रहेछ। त्यहाँबाट दक्षिणतिर हिमाल र तल मार्स्यङ्दी नदी बगेको राम्रोसँग देखिँदो रहेछ।
बन्दीपुरमा पुराना शैलीका घरहरू र ढुंगा छापेका बाटोहरू छन्। बन्दीपुरमा धेरै देवीदेवाताका मन्दिर पनि छन्। माथी डाँडामा थानीमाइको मन्दिर पनि छ। त्यहाँ जाँदा उकालो चढेर जानुपर्दो रहेछ। तर माथि गएपछि चिसो हावाले सारै आन्नद आउँछ।
चीनको ग्रिटवालको झल्को दिनेगरी मिनी ग्रेटवालको निर्माण भइरहेको छ। त्यहाँ धेरै राम्रा होटल र लजहरू छन्। मलाई बन्दीपुर धरै रमाइलो लाग्यो।
(आरम्भ पन्त सिफल सेकेन्डरी स्कुलमा कक्षा दुईमा अध्ययनरत छन्।)