सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
बाबाकी म प्यारी छोरी
आमाकी हुँ रानी
आमाबाबा दुवैकी म
आँखाकी हुँ नानी।
पुतलीलाई देख्छु जब
पछि–पछि लाग्छु
मुसा, साङ्ला, कीरा देखे
डराएर भाग्छु।
विहान उठी ईश्वरको
प्रार्थना गर्छु
चराहरूका लागि भनी
चारो पनि छर्छु।
खाना खाई, कोरीबाटी
७:३० सम्म
खाजा, झोला बोकी
स्कुल हिंड्नु पर्छ म।
स्कुल मेरो सेन्ट मेरिज
जावलाखेलमा छ
लगनशील भई हामीले
पढ्नु लेख्नु पर्छ।
(आराध्या पन्त सेन्टमेरिज स्कुल जावलाखेलमा कक्षा १ (डी) मा अध्ययनरत छिन्।)