सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
नौ महिना कोखमा राखी हामीलाई जन्म दिन्छिन्
हामीलाई देख्दा उनी पिडा भुल्दै खुसी हुन्छिन्
हामीलाई छातीमा टाँसेर अमृत दुध चुसाउँछिन्
प्रेम भावले मुसारेर हामीलाई खाना खुवाउँछिन्
ताते गर्दै हिड्न अनि तोते बोली सिकाउँछिन्
लुकामारी खेल्दै आमा मेरो साथमा रमाउँछिन्।
(निर्देश कोइराला पिनाकल स्कललर्स एकेडमीमा कक्षा ३ मा अध्ययनरत छन्।)