सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
वातावरणले हाम्रो जीवनमा ठूलो भूमिका खेल्छ। यदि वातावरण छैन भने हामी मानव जाति रहदैनौं। किन हामी वातावरणलाई हानि गर्छौं? यदि तपाईले वातावरणलाई हानि पुर्याउनुभयो भने तपाईले आफैलाई हानि गर्दै हुनुहुन्छ।
वातावरण हाम्रो वरिपरि छ। यदि हामीले हाम्रो वातावरण हानि गर्यौ भने हामीसँग बस्ने ठाउँ हुनेछैन। वातावरणको हानि प्रदूषण, वन फँडानी भूक्षय आदि पर्छन्।
नेपाल सुन्दर देश हो तर नेपालका जनताले आफ्नो देश नोक्सान गरिरहेका छन्। फोहोरको समस्या नेपालको मुख्य समस्या हो। काठमाडौंमा फोहोर फ्याँक्ने ठाउँ छैन। यसअघि सिसडोल र बन्चरे डाँडालाई फोहोर फाल्ने ठाउँका रूपमा प्रयोग गरिन्थ्यो। अहिले फोहोर फाल्ने विकल्पमा फोहोरबाट उर्जा र प्रांगारिक मल बनाउने विकल्प सोच्नुपर्ने बेला आएको छ।
त्यही फोहोरबाट हैजा, डेंगु, मलेरियाजस्ता धेरै रोग आउन थालेका छन्। प्रदुषणका कारण हामीले ताजा हावा र पानी फोहोर पाएका छौ जुन मानव र जनावरका लागि आवश्यक भएता पनि पाउन सक्दैनौं। हामी मानिसले आफ्नो नाफाका लागि हरेक वर्ष धेरै रूख काट्छौं र जंगलमा धेरै चराचुरूंगी, जनावर घरवारविहीन भएका छन्।
कागजको बर्बादी अर्को समस्या हो किनभने धेरै मानिस र विद्यार्थी उनीहरूसँग जुनसुकै बेला कागज छ भनेर कागज बर्बाद गर्छन्। हामी कागज रूखहरूबाट पाउँछौं। त्यसले गर्दा निर्दोष पक्षी र जनावरहरूले आफ्नो प्यारा घर गुमाउनेछन्। पानीको बर्बादी पनि ठूलो समस्या हो किनकि हामी धारा खुला राखेर पानी बर्बाद गर्छौं। हामी ब्रस गर्दा पानी बन्द गर्न सक्छौं, नुहाउन बाल्टिनको पानी प्रयोग गर्न सक्छौ।
अर्को मुख्य समस्या प्लाष्टिकको हो। प्लास्टिकका कारण प्रदूषण भइरहेको छ। कम्तिमा हामी कपडाको झोला लगेर किनमेल गर्न सक्छौं। हामीले यसलाई सधैं पालना गर्यौं भने हामी वातावरणलाई क्षति हुनबाट बचाउन सक्छौं।
(संकल्प गेलाल जेम्स स्कुलमा कक्षा ६ 'जी' मा अध्ययनरत छन्।)