सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
दु:ख पर्दा सहयोग गर्ने हामी साथी
सँगै काम गरी गरी जान्छौं हामी माथी
साथीसँग झगडा गर्ने बानी नराम्रो
दु:ख पर्दा सहयोग गरौं हुन्छ राम्रो।
खानेकुरा बाँडीचुँडी खाने गर्छौं हामी
दु:ख, सुख साट्ने गर्छौ लाजै नमानी
कहिल्यै रिसाउँदैनौं हामी साथीहरू
मेरो साथीसँग छ नि राम्रो गुणहरू।
हामी दुवैजना सँधै लेखपढ गर्छौं
साथीलाई कष्ट भए सेवा पनि गर्छौं
साथीले नै हो नि है दु:खमा साथ दिने
साथी भन्ने शब्द सुन्दा मनै खुशी हुने।
(रूबस पराजुली जी एस निकेतन माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्।)