सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
बिहान सधैं सफा भई ताजा खाजा खान्छु
बोकेर झोला बसमा चढी समयमै स्कुल जान्छु।
स्कुल मेरो जवलाखेल सेन्ट मेरीज हो नाम
सफा सुन्दर हराभरा लाग्छ चहकिलो घाम।
ज्ञानगुण सधैं सिकाउने माध्यम कति राम्रो
दिदीबहिनीले सजिएका कन्या स्कुल हाम्रो।
साथीसँग मिलिजुली खेल्ने गर्छु विभिन्न खेल
सबै नियम पालना गर्छु गर्दिनँ कहिल्यै झेल।
आदरभाव सबमा राख्छु मिठो बोली बोल्छु
नजानेका कुरा जति गुरूआमालाई सोध्छु।
अहिलेदेखि बसाल्नुछ राम्रा-राम्रा बानी
ठूली भई समाजको बन्नेछु छोरी ज्ञानी।
(उत्सवी महरान सेन्ट मेरीज उच्च माध्यामिक विद्यालय, जवलाखेलमा कक्षा ५ (घ) मा अध्ययनरत छिन्।)