सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
राख्दै आफ्नो प्रष्ट विचार
बन्नु छ हामी विकासका आधार
पढ्नु-लेख्नु हाम्रो अधिकार
बन्नु छ भोलि देशका कर्णधार।
आर्थिक अवस्था कमजोर छ देशमा
गरिबी र अभावै अभाव छ देशमा
बनाउनु छ सम्पन्न राष्ट्र नेपाललाई
विश्वसामु चिनाउनु छ हाम्रो देश नेपाललाई।
देशका लागि गर्न केही सकुँ
देशको रक्षा गर्दा मर्नै परे मरूँ
विश्व शान्ति हाम्रो चाहना
पूरा गर्न सकुँ हाम्रो यो सपना।
हाम्रो अधिकार याद गर्दा-गर्दै
आफ्नो कर्तव्य कहिल्यै नभुलुँ
देशप्रति कर्तव्यनिष्ठ भइ
सफलताको शिखर सधैँ म चढुँ।
(अश्विन पन्थी होराइजन माध्यमिक विद्यालय बाणगंगा ४, सिद्धिपुर, कपिलवस्तुमा कक्षा ६ मा अध्यननरत छन्।)