सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
यो
लाशको सहर हो
मूर्दाहरूको मूर्दाघर हो
अहंकार र रिसको
बगैंचा हो
स्वर्ग खुशीको प्रतिविम्व
यो दुःखको
यो नर्क
होइन!
नर्कभन्दा
बत्तर हो।
नर्कमा पनि
खुशी पाइएला
तर यहाँ पाइन्न
यहाँ हर्ष
असम्भ छ
यहाँ असल
बन्न सिकाइन्न,
सिकाइन्छ त
केवल अरूको लुछ्न,
सिकाइन्छ त
केवल किनबेच गर्न।
यहाँ मृत्युको
शैयामा सुत्न लागेकाको
कदर छैन,
कदर छ त
केवल मूर्दाको,
यहाँ राम्रोको
कदर गरिदैन
कदर गरिन्छ त
केवल् मूल्यको।
यहाँ लाशलाई
मृत्युको भय छ ।
यो
मरुभूमि हो
जहाँ काँडैकाँडा
छन्,
जहाँ संघर्ष
नगरी बाँच्न
सकिदैन ।
यो भूमिमा
वात्सल्य पाइन्न
करुणा पाइन्न
पाइन्छ त
केवल रगतका थोपाहरू
युद्धका भग्नावशेषहरू
जसको अस्तित्व
नभए सरह छ।
यहाँ पाइन्छ त
केवल ढुंगाको कठोरता
यहाँ मानिसको सपनाभन्दा
विलासमा मात्तिने रहर
ठूलो भइसकेको छ।
मानिसको सपना
हिउँझैँ बिलाइरहेछ।
(प्रतीक भण्डारी बुढानीलकण्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)