सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मलाई खेलकुद धेरै मन पर्छ। खासगरी क्रिकेट र फुटवल मलाई धेरै मनपर्ने खेल अन्तर्गत पर्छन्। हरेक शनिबार म स्कुलमा क्रिकेटको छुट्टै क्लास लिन जान्छु। हाम्रो कोचले धेरै कुरा सिकाउनुभएको छ।
मलाई फुटबल पनि धेरै मनपर्छ। म नर्सरीमा पढ्दाखेरी नै अरूले लाएको देखेर मेस्सी, नेमारको जर्सी लाउँथे। साथीहरूको बिचमा कुराकानी हुन्थ्यो। हामीले धेरै कुरा थाहा नपाएको भए पनि नेमार जुनियर बाज्रिलको खेलाडी हो र मेस्सी अर्जेन्टिनाको खेलाडी हो भन्ने थाहा थियो। बाबामम्मीलाई भनेर कर गरेरै भए पनि नयाँ जर्सी लाउँथे।
यसपटकको विश्वकप फुटबल बारे मैले धेरै बुझेँ। कहिले हुन्छ? कतिओटा देश छन्? कुन-कुन समयमा खेल हुन्छ? कुन देशको टिम कोसँग परेको छ? खेलाडी कसरी खेल्छन्? कुन-कुन उपाय अपनाउँछन् गोल गर्न? कुन देशका खेलाडी कस्ता छन्? मलाई धेरै कुरा थाहा भयो। थाहा नपाएका कुरा गुगलमा खोजेर भए पनि हेरे। साथीभाइको बिचमा छलफल पनि भयो।
कुन देशको फ्यान को हो भनेर साथीभाइसँग एक आपसमा हल्ला भयो। मेरा धेरै साथी नेमार र मेस्सीका फ्यान छन्। मलाई रोनाल्डो पनि धेरै मन पर्छ। तर रोनाल्डोको कोच मलाई मन परेन। त्यस्तो राम्रो खेलाडीलाई कोचले एक घण्टा खेल्न दिएनन्। रोनाल्डो रोएको देख्दा मलाई पनि रुन मन लाग्यो। रोनाल्डोलाई सुरूमै खेल्न दिएको भए जित्थ्यो होला तर कोचले खेल्न नदिएको भन्दा धेरै नराम्रो लाग्यो।
नेमार हारेर रुँदा पनि मलाई धेरै नरमाइलो लाग्यो। नेमारको जर्सी नै लाउन मन लागेन। तर मलाई सानैदेखि मन परेको मेस्सीको यसपटक पनि नयाँ जर्सी छ। मेस्सीको खेल हुँदा त्यही जर्सी लाएर हेरे। मम्मीलाई टिभीमा पैसा राख्न कर गरे। बाबामम्मी त कतिपय कुरा मलाई सोध्नुहुन्थ्यो। शुक्रबार परेका खेल त राती उठेर पनि हेरेको थिए।
अरूबेला विहानै स्कुल गए। निद्रा पुग्दैन भनेर राती एक बजेको गेम हेरिन। तर बिहान छ बजे टिभीमा दोहोराएको हेरेँ।
अर्जेन्टिनाको मेस्मी र फ्रान्सको एमबाप्पेको घम्साघम्सी भयो फाइनलमा। मेस्सीले जितेको हेर्न मन थियो। भगवानसँग मेस्सीलाई बिजयी बनाइदिनुस् भनेर प्राथना गरेको थिए। त्यो इच्छा पूरा भयो। मेस्सीले बल घुमाईघुमाई अर्कालाइ झुक्काएर आफ्ना पार्टनरलाइ गोल गर्न दिने स्टाइल निकै मन पर्छ। सेमिफाइनलको गेममा पनि मेस्सीले यस्तै स्टाइल देखाएर तीन गोल गरेको हो क्रोएसियालाइ। फाइनलमा पनि उनले एक गोल गरे। फ्रान्ससँग तीन गोलले बराबरी खेलपछि पेनाल्टीमा अर्जेन्टिना विजय भयो।
आफ्नो मन पर्ने टिमले जित्दा धेरै खुसी लाग्यो।
(प्रत्युष काफ्ले डि.ए.भी स्कुल, जाउलाखेल , ललितपुरमा कक्षा ४ (ए) मा अध्ययनरत छन्।)