सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पुस्तक समिक्षा:
'गम नै गम' कथा जेष्ठ महिनामा मेलै पढेको कथा हो। यो कथाका लेखक टंक चौलागाई हुन्। मलाई यो कथा पढ्दा धेरै रमाइलो लाग्यो।
यो कथामा बाबाले कार्पेट टाँस्न गम ल्याउनुभएको छ। त्यो गम नछोऊ भनेर बुवाले आभालाई सम्झाउनुहुन्छ। आभालाई भने गम कसरी टाँसिन्छ, के होला, कस्तो होला भन्ने खुल्दुली हुन्छ। उनले गमको भाँडो समाउँछिन् र दुवै हात चोप्छिन्। धेरै कुरामा गम टाँँस्दै जान्छिन्। जस्तैः कापीको पाना, हिसाबको किताब, च्यातिएको झोला, कुकुरको पुच्छर, कुचो, बुवाको कोट, मोबाइलको चार्जर, आदि।
यी सबै कुरा टाँसिएको देखेर आभा रमाउँछिन्। उनी आफ्नो टाउकोमा पुतली, नाकमा झिँगा, गालामा माकुराको जालो टाँसिएको देखेर उनी झन् रमाउँछिन्। यत्तिकैमा बुवा आउनुहुन्छ र छक्क पर्नुहुन्छ। परिवारका सबैजना भेला हुन्छन्। आभा दुबै हात टाँसिएर नमस्कार गरेको गर्यै हुन्छिन्।
(उज्ज्वल ढकाल डियरवाक सिफल स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)