सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
यसो हेरौं कति संघर्षपूर्ण छ यो जीवन
कहिले त लाग्छ, काँडैकाँडाले भरिएको वन
राम्रो नजरले हेर्दा अत्ति नै राम्रो लाग्छ
त्यसपछि मनभित्रको एउटा प्रतिभा जाग्छ
जीवन, एक यस्तो खेल भूतमा लडे भविष्यमा अघि बढौं
आफ्नो जीवनमा आउने हरेक बधासँग दिल खोलेर लडौं
खुट्टा तान्ने हजारों हुन्छन्, तर साथ दिने निकै कम
आफ्नो गन्तव्यमा पुग्न गरौं सकेसम्मको परिश्रम
नराम्रा भन्ने धेरै हुन्छन्, तर त्यो नसुनी अघि बढ्
सफलताको बाटो हिँडि जोवनको उच्च शिखर चढ्
जीवन जस्तो राम्रो अस्तित्वमा सकेसम्म संघर्ष गर्
पछि मृत्यु आएपनि ढुक्कसँग स्वर्गमा झर्।
(सन्जिना श्रेष्ठ तरूण माध्यमिक विद्यालय, बालाजुमा कक्षा ८ (ग) मा अध्ययनरत छिन्।)