सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरो देश नेपाल हो
म हुँ नेपाली
डाँडाकाँडा घुम्दा
मनै खुशियाली
सुन्दर शान्त मेरो देश
साह्रै राम्रो छ
खेल्दा खेल्दै खुसी हुने
बानी हाम्रो छ
गाँउघर रमाइलो
खेल्न घुम्नलाई
अझ सुन्दर पार्नुपर्छ
हाम्रो नेपाललाई।
(उमंगहरि थापा अक्षरा स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।)