सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
पहिले मलाई चेस भन्ने खेलको बारेमा खासै थाहा थिएन। स्कुलमा खाना खाएपछि मेरा साथीहरू अतुल्य, अजन्य, युग र म मिलेर चेस खेल्ने गर्छौ। चेस खेल्दै गर्दा मलाई यो खेल निकै रमाइलो लाग्न थाल्यो।
मैले बाबालाई चेस किनिदिन अनुरोध पनि गरेँ। सुरूमा त बाबाले नकिनिदिने कुरा गर्नुभएको थियो।एकदिन हामी कामले पसलतिर जाँदै थियौँ। मैले सोचेको पनि थिइनँ, बाबाले मलाई चेस पो किनिदिनुभयो। म कत्ति खुसी भएँ हुँला। तपाईं आफै सोच्नुहोला!
अहिले बाबा र म बिदाका दिन चेस लेख्ने गर्छौ। छिमेकी संस्कार दादा र समृद्ध भाइसँग पनि खेल्ने गर्छु। आजका मितिसम्म मैले उनीहरूलाई जित्न सकेको छैन तर स्कुलका साथीहरूसँग खेल्दा भने जितेको छु।
बाबाले तिमी निकै राम्रो खेल्न सक्ने भएका छौँ भन्नु पनि भएको छ। म त्यसै मख्ख परेको छु।
अब म चेसको कुरा गर्छु है!
चेसमा ६४ वटा कोठा हुन्छन्। ३२ वटा सेता कोठा र ३२ काला कोठा। १६ काला गोटी र १६ सेता गोटी हुन्छन्। आठ सिपाही, दुई हात्ती, दुई घोडा, दुई ऊँट, एउटा प्रधानमन्त्री अनि एउटा राजा।
कस्तो अचम्म! सबैका आ-आफ्नै अचम्मका विशेषता।
चेस लेख्न दुइजना चाहिन्छ। यो बुद्धिको खेल हो। सबै गोटी ध्यान दिनुपर्ने। निकै धैर्य पनि चाहिने। म पनि अलिअलि बुझ्दैछु। तपाईहरू पनि चेस खेल्नुहोस् है! मज्जा आउँछ।
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)