सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
म जन्मदा खुसीले मलाई बोक्नुभो
म सानो हुँदा मलाई हिँड्न डुल्न सिकाउनुभो
आफूसँग पैसा नहुँदा मलाई जसोतसो खेलौना किन्दिनुभो
मलाई सानो घाउ हुँदा पनि आत्तिएर मलमपट्टी लगाइदिनुभो
म डराउँदा निडर बन् भनि सिकाउनुभो
म प्रतियोगितामा हार्दा हार नमान भनी सम्झाउनुभो
हत्केलामा ठेला पर्दा पनि काम गर्न खट्नुभो
पैतलामा चोट पर्दा मलाई स्कुलसम्म पुर्याउनुभो।
हजुरले नै अरूसँग बोल्दा नडराउ भन्नुभो
हजुरले नै कथा लेख भनेर प्रेरणा दिनुभो
आफूलो पुरानो लुगा लगाएर मलाई नयाँ लुगा किन्दिनुभो
आफूले सधैं एकजोर जुत्ता लगाएर मलाई अनेकौं किन्दिनुभो।
म पीर परेर रूँदा फकाएर हसाउनुभो
आफ्नो पीडा कसैलाई नभनी अरूको दुःख हटाउनुभो
म भन्दा ठूलो बन भनी हामीलाई बुझाउनुभो
धेरै पुस्तक पढ् भनी हामीलाई बुझाउनुभो।
आज म जे छु हजुरकै कारणले भएकी हुँ
म यति भाग्यमानी हजुरकै कारणले भएकी हुँ।
(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)