अर्थमन्त्री डा युवाराज खतिवडाले कुनै पनि नेपाली किसानको उत्पादनले बजार मूल्य नपाएर डोजर लाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धतता जनाएका छन्। नेपाल कृषि सहकारी केन्द्रियि संघको वार्षिक साधारणसभामा बोल्दै खतिवडाले नेपाली किसानले उत्पादन गरेका हरेक उत्पादनले सहज बजार पाउने गरी सरकारले पूर्वाधारमा लगानी गर्ने उनले बताए।
केही दिन अघि चितवनका किसानले काउलीले मूल्य नपाएपछि डोजर लगाएको घटनातर्फ इंगित गर्दै उनले कुनै पनि किसानको त्यस्तो अवस्था आउननदिनको लागि कृषि सहकारीसँग सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
‘हामीले पहिले उत्पादनभन्दा पहिले आवस्यक मल, पुँजीको अभाव पुरा होस भनेर ब्याज अनुदान दिने व्यवस्था ग¥यौं तर त्यसपछि उत्पादित बस्नुतको बजारको समस्या भयो यसका लागि पनि सहकारीहरुसँग सरकार सहकार्य गर्न तयार छ’ काठमाडौंमा आयोजित उक्त सभामा उनले भने।
उत्पादित वस्तुलाई प्रतिस्पर्धी बनाउनका लागि सामूहिक खेती गर्नुपर्ने र त्यो काम सहकारीलेमात्र गर्नसक्ने भएकोले सरकार सहकारीहरुसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
उत्पादन अघिको पुँजी लगानीका लागि सरकारले ब्याज अनुदान दिएको, त्यसको जोखिम न्यूनीकरण गर्नका लागि बाली र पशुबिमा कार्यक्रम ल्याएएउको र अब शितभण्डार र बजारीकरणका लागि पनि सरकारले सहकारीहरुसँगै सहकार्य गर्न चाहेको उनले बताए।
नेपाली उत्पादनलाई संरक्षण भन्दा पनि सामूहिक उत्पादन पद्धतिमा गएर प्रतिस्पर्धी बनाउनुपर्ने उनको जोड थियो।
‘अहिले संरक्षणको नाममा भन्सार विदेशबाट आउने वस्तुमाथि भन्सार बढाउने कुरा उठेको पाइन्छ, यस्तो संरक्षणले उपभोक्तालाई महंगो मूल्यमा पारिदिन सक्छ, बरु यसको दिगो समाधान भनेको प्रतिस्पर्धी उत्पादन हो जसका लागि सहकारी भरपर्दो औजार हुनसक्छ’ उनले भने,‘उपभोक्ता, किसान र सरकार सबैलाई फाइदा हुने यस्तो प्रतिस्पर्धाी उत्पादनका लागि हामी सदैव सकारात्मक छौं।’