सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा आय आर्जनमा सहयोग पुग्ने प्रकारका नयाँ कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गरेको छ।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षेत्रलाई आत्मनिर्भर उन्मुख बनाउने, यन्त्रिकरणको उपयोग बढाएर लागत घटाउने सरकारको सिद्धान्त रहेको बताए।
अर्थमन्त्री महतले कृषि अनुदान प्रणालीलाई सुधार गरिने बताएका छन्। कृषि अनुदान प्रभावकारी नभएको र दुरूपयोग बढेको भनिएको बेला अर्थमन्त्री महतले आगामी बजेटमा प्रणाली सुधार गर्ने बताएका हुन्।
रैथाने बालीलाई प्रोत्साहन गरिने उनले बताएका छन्। बाझो जग्गालाई उपयोग गरिने नीति लिइने समेत उनले बताए।
खाद्य सुरक्षाका लागि खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्।