पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।
सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।
हेर्नुस् सूची: