विहिबारदेखि ठमेलको लेखनाथ मार्गमा हिमालयन ब्रियु कफी सञ्चालनमा आएको छ । विभिन्न प्रकारका कफी बनाउने सिप सिकाउने यो क्याफेले बैदेशिक रोजगारीमा जानेलाई विशेष कोर्स बनाएको छ।
१८ दिनमै कफी बनाउने सीप सिकाइने संचालक प्रकाश बास्कोटाले जानकारी दिए। यसरी सिक्नको लागि १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। तर चारदेखि पाँच जनाको समूहमा आउने प्रशिक्षार्थीको हकमा भने विशेष सहुलियत दिइने बास्कोटाले जानकारी दिए।
एक पटकमा १५ जनालाई तालिम दिने क्षमता भएको यो क्याफेले नेपाली अर्गानिक कफीका विभिन्न स्वादमा ग्राहकमाझ पस्कदै आएको छ ।
करिब २५ लाख रुपैयाँबाट कफि क्यापेमा लगानी सुरु गरेका बास्कोटाले पाँच जनालाई रोजगारी दिएका छन् ।