रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ।
बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा सुरूआत गरिएको र अन्य रेस्टुरेन्टहरू पनि धमाधम थपिने निकेत अग्रवाल बताउँछन्।
काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरू गरिने अग्रवालले जानकारी दिए।
सुरूआतमा नै ग्राहकका लागि अफर ल्याएको अग्रवाल बताउँछन्। भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने बताइएको छ।
भोजले काठमाडौंका ग्राहकलाई जसरी नै बुटवल र भैरहवामा पनि नयाँ-नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए।
उपत्यका बाहिर पहिलो पटक सेवा सुरू गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन्।
अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरू गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए।
‘कोभिड १९ का कारणले ग्राहक बाहिर जान रुचाउँदैनन्। यो अवस्थामा सबै सुरक्षाका मापदण्डसाथ ग्राहकका अफिस तथा घरमा उनीहरूको मनपर्ने खाना पुर्याएर निर्धक्क भई आफ्नो साथी, परिवारसँग खान र रमाउने वातावरण बनाउने छौं’, अग्रवालले भने।
भोजको एन्ड्रोइड र आइओएस एप वा आधिकारिक वेबसाइट www.bhojdeals.com मार्फत खानाको अर्डर गर्न सकिन्छ। ईन्टरनेटको पहुँचमा नहुनेले ०१-५९७००७० मा फोन गरेर पनि अर्डर गर्न सकिने बताइएको छ।
ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन्। विदेशमा बसेका नेपालीहरूले आफन्तका लागि पनि अर्डर गर्न सक्नेछन्।
काठमाडौं उपत्यकामा भोजले लगभग ७ सय रेस्टुरेन्ट तथा क्याफे र २० वटा खाद्यान्न स्टोरसँग आवद्ध भएर ग्राहकहरूलाई सेवा उपलब्ध गराइरहेको छ।