ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वलाई लक्षित गरी ‘अटो ड्राइभ’ योजना ल्याएको छ।
जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायत बिभिन्न सवारी योजनाहरु सार्वजनिक गरेको छ।
त्यसका साथै सेवाग्राहीले सात वर्षसम्मका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जा पाउने छन्। ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा पाँच वर्षका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन्।
यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरिदका लागि उपलब्ध हुने बैंकले जानकारी गराएको छ। कर्जा आवेदन दिएको दुई दिनभित्र निर्णय हुने बैंकको भनाई छ।
यो योजना निश्चित अवधिका लागि सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ।